२० घण्टाको नवजात शिशुमा पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरामा २० घण्टाको नवजात शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखराका २० घण्टाका शिशुमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि अहिले शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै एनआइसीयूमा राखिएको छ । गण्डकीमा उनीसँगै थप ३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसअघि पनि निर्देशनालयले आज बिहान ११ बजे एक विज्ञप्ति जारी गर्दै गण्डकीका ३ जिल्लामा गरी थप ३० जनामा कोरोना पुष्टि भएको जनाएको थियो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३८ सय ६६ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा