उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \ काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप ९३४ जनामा कोरोना देखिएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ७४७ जना, ललितपुरका ११४ जना र भक्तपुरका ७३ जना रहेका छन्।
यसैगरी गत २४ घण्टामा उपत्यकामा काठमाडौंकी एक महिला र २ जना पुरुष गरी ३ जनासहित देशभर १० जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आज देशभर १५१३ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड