उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \ काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप ९३४ जनामा कोरोना देखिएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ७४७ जना, ललितपुरका ११४ जना र भक्तपुरका ७३ जना रहेका छन्।
यसैगरी गत २४ घण्टामा उपत्यकामा काठमाडौंकी एक महिला र २ जना पुरुष गरी ३ जनासहित देशभर १० जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आज देशभर १५१३ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त