देशभर थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट निकाृ भएर ७३१ जना डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका संक्रमितको संख्यासँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ जना पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ४९१ जना संक्रमितको मृत्यस भएको पनि मन्त्रालयले जनाएको छ ।
हाल देशभर २० हजार ३९६ सक्रिय संक्रमित रहेका छन्।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?