बाँकेमा प्लाज्मा थेरापी दिइएका २ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेमा एकैदिन प्लाज्मा थेरापी दिइएका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज थप २ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
बाँकेका कोहलपुर १० का ५३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए भने ६ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको अवस्था सिकिस्त भएपछि रेमडिसिभर औषधि समेत चलाईको थियो । अवस्था झनझन जटिल बनेपछि प्लाज्मा थेरापी दिएर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले बताए ।
यसैगरी बाँकेकै रानीतलाउ ७ बस्ने ३९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उनमा भदौ ३१ गते कोरोना पुष्टि भएको थियो । त्यसयता नेपालगञ्ज मेडिकल कलेजमा उपचारमा रहेका उनलाई पनि प्लाज्मा थेरापी उपचार गरिएको थियो । उनको अवस्था खराब हुँदै गएर आज बिहान उनको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा