काठमाडौं उपत्यकामा एकैदिन थपिए ८१७ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप ८१७ जनामा कोरोना देखिएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ६४९ जना, ललितपुरका १३२ जना र भक्तपुरका ३६ जना रहेका छन्। यसैगरी गत २४ घण्टामा उपत्यकामा भक्तपुरका एक जना ५१ वर्षीय महिलासहित देशभर ४ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आज देशभर १३५१ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त