काठमाडौं उपत्यकामा एकैदिन थपिए ८१७ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा थप ८१७ जनामा कोरोना देखिएको हो । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ६४९ जना, ललितपुरका १३२ जना र भक्तपुरका ३६ जना रहेका छन्। यसैगरी गत २४ घण्टामा उपत्यकामा भक्तपुरका एक जना ५१ वर्षीय महिलासहित देशभर ४ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
आज देशभर १३५१ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा