पछिल्लो २४ घण्टामा थप १३५१ जना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरी थप १३५१ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । यसैगरी गत २४ घण्टामा ७४२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या नै ५४ हजार ६४० पुगेको छ ।
उता आज थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा