विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिबन्ध
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालको रसायन मिश्रित स्यानिटाइजर बजारमा बिक्री वितरण भइरहेको पाइएको छ।
औषधी व्यवस्था विभागले थप ९ वटा मापदण्ड नपुगेका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। बजारमा मानव स्वास्थ्यमा असर पार्ने विषाक्त रसायन मिथानेल मिश्रित स्यानिटाइजर भेटिएपछि विभागले थप ९ वटा स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्न रोक लगाएको हो।
राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरीतका मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने रसायन देखापरेको विभागले जनाएको छ ।
यसरी प्रतिबन्ध लगाइएका स्यानिटाइजरहरुमा भारतीय कम्पनी सिभीका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इन्डष्ट्री पर्साको कुम ह्यान्ड सेनिटाइजर, सोही कम्पनीको क्लिन ह्यान्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाको कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर रहेका छन्।
यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजको ड्रोन ह्याण्ड स्यानिटाइजर रहेका छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै