यी ७ जिल्लामा छन् ५ सय भन्दा बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले हाल ७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित उपचारमा रहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा प्रदेश नं १ को मोरङ, प्रदेश २ को सिराहा, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर र चितवन रहेका छन्। यसैगरी रुपन्देहीमा पनि हाल ५ सय भन्दा बढी संक्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
यसैगरी ५ जिल्ला कोरोना शून्य जिल्ला रहेका छन्। मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुमा हाल संक्रमित नरहेको पनि मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा