लक्षण नदेखिएका विद्यार्थीको पीसीआर परीक्षण नगराई परीक्षामा सामेल गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी कुनै लक्षण नदेखिएका विद्यार्थीको पीसीआर परीक्षण नगराई परीक्षामा सामेल गराउन निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएको छ।
आइतबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पनि पीसीआर परीक्षण चाहिने भन्ने कलेजहरुको भनाई वैज्ञानिक नभएको भन्दै यस्ता लक्षण नभएका विद्यार्थीलाई पीसीआर परीक्षण अनिवार्य नगराउन अनुरोध गरेका हुन्।
उता निजी मेडिकल कलेजहरूले विद्यार्थीहरूलाई परीक्षामा सामेल हुनका लागि अनिवार्य पीसीआर परीक्षण गर्न सूचना जारी गरेको छ । आज उक्त निर्णय कार्यान्वयन नगर्न मन्त्रालयले कलेजहरुलाई निर्देशन दिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा