बढ्दो संक्रमण : नेपालमा एकैदिन १५७३ जनामा कोरोना पुष्टि
२४ घण्टामा थप १० जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १५७३ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा हाल कुल कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । मन्त्रालयका अनुसार आज थप ८८५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
आज डिस्चार्ज भएकाहरुसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । उता यही २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको मन्त्रालयले जनाएको छ । देशभर अहिले १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन्। सरकारले २५ हजार भन्दा बढी सक्रिय संक्रमित पुगेमा पुन: लकडाउन गर्ने जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा