नेपालमा पीसीआर परीक्षण ९ लाख ७८ हजार नाघ्यो, ७१ हजार ८२१ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ९ लाख ७८ हजार २०४ जनाको कोरोना आशंकामा आरटी पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सरकारी तथा नीजि प्रयोगशालामा हालसम्म ९ लाख ७८ हजार २०४ जनाको पीसीआर परीक्षण गरिएको हो । यति संख्यामा परीक्षण गर्दा जम्मा ७१ हजार ८२१ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा दैनिक रुपमा सरदर १० हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३३१ रहेको छ । यसैगरी हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा संक्रमितमध्ये ५३ हजार १३ जना निको भएर घर फर्किसेकका छन्।
यसैगरी कोरोना संक्रमणमा परेर निको हुनेको प्रतिशत ७३ दशमलब ८रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य