नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीको कोरोनाबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय बाँके अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ९ बाँके गाउँ निवासी ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत थिए ।
भदौ २९ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सोही अस्पतालमा आइसोलेनमा राखेर उपचार भइरहेकोमा उनको आज बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनमा प्लाज्मा थेरापी समेत गरिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा