२२४ संक्रमितको आईसीयूमा र २७ जनाको भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा २२४ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालका आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २२४ जना आईसीयूमा र २७ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा १५ जना आईसीयूमा र एक जना संक्रमित भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा २० जना संक्रमित आईसीयूमा छन्। बाग्मतीमा १२१ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी गण्डकीमा ६ जना, प्रदेश ५ मा ४४ जना आईसीयूमा रहेका छन्। प्रदेश ५ मा ३ जना सिकिस्त भएका संक्रमितको भने भेन्टिलेटरमा उपचार भइहरेको छ ।
यसैगरी कर्णाली प्रदेशमा १८ जना संक्रमित आईसीयूमा रहेका छन्। सुदूरपश्चिममा भने संक्रमित आईसीयू र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा