Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आइओएमका डीन डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण

शिक्षण अस्पतालका डाक्टरसहित सय भन्दा बढी व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा

आइओएमका डीन डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनदेखि ज्वरो आउने, खोकी लाग्ने भएपछि शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा शाहले हेल्थ टिभी अनलाइनलाई बताएकी छिन्। डा शाहले भनिन, ‘केही दिनदेखि ज्वरो आउने, थकान महशुस भइरहेको थियो, कोरोना आशंकामा परीक्षण गर्न स्वाब दिएको थिएँ रिपोर्ट पोजेटिभ आयो । अहिले खासै स्वास्थ्य समस्या छैन्, त्यसैले होम आइसोलेसनमा बसेकी छु।’

डा शाहले डीन कार्यालयमा एक जना स्टाफमा कोरोना पोजटिभ भएकाले सोही कर्मचारीबाट सरेको हुनसक्ने भए पनि एकिनका साथ कहाँबाट सर्यो भन्ने थाहा नभएको बताइन्। उनले आफूले यसविचमा धेरै हाइ लेबल मिटिङहरु गरेकाले आफ्नो कन्ट्याक्टमा आएका सबैलाई सतर्क रहन र केही लक्षण देखिएमा परीक्षण गर्न सुझाव दिएकी छिन्।  डा शाहले यहीविचमा अनसनरत डा गोविन्द केसीलाई पनि भेटेकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन