Health TV Online
Health TV Online

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ४५९ पुग्यो

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ४५९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ६ जना संक्रमितको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेहरुमा ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौंकी ७५ वर्षीया महिला, मोरङका एक महिला र एक पुरुष रहेका छन् । त्यसैगरी सप्तरीका७० वर्षीय एक पुरुष र कपिलवस्तुकी ७० वर्षीया महिला गरी ६ जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा कुरा गर्दा शून्य दशमलब ६५ प्रतिशत मात्र मृत्युदर रहेको पाइन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार