Health TV Online
Health TV Online

२४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

२४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपत्यकामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा ललितपुरका ५१ वर्षीय पुरुष र काठमाडौंकी ७५ वर्षीया महिला रहेका छन्।

आज देशभर १३१३ जना संक्रमित थपिएका छन् भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार