थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, १४५५ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १३१३ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालका कुल कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । यसैगरी गत २४ घण्टामा थप १४५५ जना कोराना जितेर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकाहरुसहित नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएकाको संख्या ५१ हजार ८६६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हाल देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा