यी ६ जिल्लामा छैनन् सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : हाल नेपालका ६ वटा जिल्ला कोरोना संक्रमित शून्य जिल्ला भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ६ जिल्लाका सबै कोरोना संक्रमित निको भएपछि यी जिल्ला संक्रमित शून्य जिल्ला घोषित भएका हुन्।
कोरोना संक्रमित शून्य जिल्लाहरुमा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्। यी जिल्लाहरुका सबै संक्रमित निको भएर आइसोलसनबाट डिस्चार्ज भइसकेका छन्।
त्यसो त कोरोना संक्रमित नेपालका ७७ वटै जिल्लामा देखा परेका थिए । तर अन्य जिल्लामा सक्रिय संक्रमित अहिले पनि रहेका छन् भने यी ६ जिल्लामा एक जना पनि सक्रिय संक्रमित छैनन्।
नेपालमा हालसम्म देभरभर १८ हजार ४३७ जना सक्रिय संक्रमित रहेका छन्। त्यसैगरी कोरोना जितेर निको हुनेको संख्या ५० हजार ४११ पुगेको मन्त्रालयले जनाएको छ । यी सबै गरेर नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ भने हालसम्म ४५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा