नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा मात्रै ७५५ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप १४९७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै आज ७५५ नयाँ संक्रमित थपिएका छन्। उपत्यकामा काठमाडौंका ६०९ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् भने १७ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । उता कोरोना संक्रमणबाट ४५३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा