संस्थागत भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या धेरै
होम आइसोलेसनमा सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा संस्थागत भन्दा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा बसेका छन् भने उता होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या ९ हजार १८६ रहेको छ ।
सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमै बस्न सल्लाह दिएपछि अहिले धेरै संक्रमित होम आइसोलेसनमै रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै होम आइसोलेसनमा बस्नेको संख्या बाग्मती प्रदेशमा छ । बाग्मती प्रदेशमा होम आइसोलेसनमा ५ हजार ५१६ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ४ हजार ६५० जना रहेका छन्। यसैगरी प्रदेश १ मा होम आइसोलेसनमा १५ सय २२ जना रहेकोमा संस्थागत आइसोलेसनमा बस्नेको संख्या जम्मा ४१ रहेको छ । प्रदेश नं २ मा ७२५ जना होम आइसोलेसनमा छन् भने ८६३ जना संस्थागत आइसोलेसनमा छन्। गण्डकी प्रदेशमा संस्थागत आइसोलेसनमा ६३६ र होम आइसोलेसनमा २८६ जना रहेको मन्त्रालयले जनाएको छ ।
उता प्रदेश ५ मा १३ सय ५९ जना संस्थागत आइसोलेसनमा छन् भने ७१७ जना घरमै बसेका छन्। यसैगरी कर्णालीमा २८९ जना संक्रमित संस्थागत । २२५ जना होममा रहेका छन्। सुदूरपश्चिममा ३९० जना संस्थागत र १९५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । लक्षण नदेखिएसम्म अस्पताल भर्ना नगर्ने सरकारको नीति बमोजिम अहिले धेरै संक्रमित घरमै बसेका छन्।
नेपालमा हाल कुल कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ रहेको छ । यसैगरी हालसम्म ४३६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यसैगरी कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । मन्त्रालयका अनुसार देशभर अहिले १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?