कान्तिपुर डेन्टल कलेजमा ‘डेन्टल हाइजिन’ र ‘डिप्लोमा इन फार्मेसी’ मा भर्ना खुल्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले दुई वटा विषयमा भर्नाको लागि आव्हान गरेको छ ।
कलेजले डिप्लोमा इन फार्मेसी र डेन्टल हाइजिनमा भर्ना खुलाएको हो । कलेजले सूचना जारी गर्दै डिप्लोमा इन फार्मेसी ३ वर्षे र सर्टिफिकेट इन डेन्टल साईन्स (डेन्टल हाइजिन) ३ वर्षे कार्यक्रमका लागि भर्ना खुलाएको हो ।
सीटीइभीटीबाट सम्बन्धन प्राप्त र व्यवसायिक तालिम परिषदद्धारा मान्यता प्राप्त कलेजले खोलाएको कार्यक्रमका लागि एसएलसी\एसइइ उत्तिर्ण गरेको र विज्ञान, गणित, अंग्रेजी विषयमा ‘सी’ ग्रेड ल्याएको तथा कुल २ जीपीए हुनेहरुले आवेदन दिन सक्ने छन्। दुबै विषय पढेका दक्ष जनशक्ति नेपालमा र विदेशमा समेत माग हुने र तुरुन्त जागिर पाइहाल्ने प्राविधिक विषय भएको कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनाए ।
भर्ना हुन इच्छुक विद्यार्थीले असोज १५ गतेसम्म दरखास्त दिन सक्ने कलेजले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा