नेपालगञ्ज मेडिकल कलेजमा बर्दियाका संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँके जिल्लाको नेपालञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ७ निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण हिजो मंगलबार साँझ मृत्यु भएको हो ।
असोज ४ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको कोरोना आशंकामा परीक्षण गर्दा ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसलगत्तै अस्पतालकोआइसालेसन वार्डमा राखेर उपचार गरिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बनदै गएर उपचारकै क्रममा हिजो मृत्यु भएको हो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर अस्पतालमा भर्ना भई उपचारको क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको स्वास्थ्य कार्यालयका प्र्र्र्र्र्र्र्रमुख नरेश श्रेष्ठले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा