डा केसीलाई ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल लगियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : डा गोविन्द केसीले ट्रमा सेन्टरमा कुनै सेवा लिन नमानेपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्ला पुगेर अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि हिजो नेपालगञ्ज ल्याएर भेरी अस्पतालमा राखिएको थियो । उनलाई आज काठमाडौं ल्याएपछि सिधै राष्ट्रिय ट्रमा सेन्टर पुराइएको थियो । डा केसीले शिक्षण अस्पताल गएर अनसन जारी राख्ने जनाएका थिए । तर उनलाई उता लगिएपछि एकछिन प्रहरीसँग भनाभन भएको थियो ।
ट्रमामा उनको उपचारका लागि टोली नै बनाइएको भए पनि उनले आफूलाई जबरजस्ती ल्याइएको भन्दै उपचार लिन मानेका थिएनन र त्यसपछि ट्रमाबाट उनलाई डिस्चार्ज गरी शिक्षण अस्पताल पठाइएको हो । उनका समर्थकहरुले ट्रमा अस्पतालमा केहीबेर नाराबाजी समेत गरेका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा