Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई कोरोना संक्रमण

डा थापाकी श्रीमतीलाई पनि कोरोना संक्रमण

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \बाँके:  बाँकेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको उनले हेल्थ टिभी अनलाइनलाई बताएका छन्। दुई दिनदेखि ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि कोरोना आशंकामा परीक्षण गर्दा आज संक्रमण पुष्टि भयो तर ठुलो स्वास्थ्य समस्या त्यस्तो केही भएको छैन्, उनले भने ।

कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएका डा थापा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिंदा संक्रमणमा परेका हुन् । उनले आफूले संक्रमितसँग प्रत्यक्ष रुपमा काम गर्नुपर्ने भएकाले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमणमा परेको जनाए ।  ढिलो चाँडो मात्र हो सबै स्वास्थ्यकर्मी यसका लागि तयार नै हुनुपर्छ उनले थपे ।

डा थापाकी श्रीमतीलाई पनि १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । माइक्रोबायोलोजिष्ट उनकी श्रीमती र उनी यतिबेला होम आइसोलेसनमा रहेका छन्। भेरी अस्पतालमा मात्रै यसभन्दा अघि चिकित्सकसहित ३० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन