भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई कोरोना संक्रमण
डा थापाकी श्रीमतीलाई पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \बाँके: बाँकेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको उनले हेल्थ टिभी अनलाइनलाई बताएका छन्। दुई दिनदेखि ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि कोरोना आशंकामा परीक्षण गर्दा आज संक्रमण पुष्टि भयो तर ठुलो स्वास्थ्य समस्या त्यस्तो केही भएको छैन्, उनले भने ।
कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएका डा थापा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिंदा संक्रमणमा परेका हुन् । उनले आफूले संक्रमितसँग प्रत्यक्ष रुपमा काम गर्नुपर्ने भएकाले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमणमा परेको जनाए । ढिलो चाँडो मात्र हो सबै स्वास्थ्यकर्मी यसका लागि तयार नै हुनुपर्छ उनले थपे ।
डा थापाकी श्रीमतीलाई पनि १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । माइक्रोबायोलोजिष्ट उनकी श्रीमती र उनी यतिबेला होम आइसोलेसनमा रहेका छन्। भेरी अस्पतालमा मात्रै यसभन्दा अघि चिकित्सकसहित ३० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा