उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन काठमाडौं पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार
आज संक्रमण हुनेहरुमा काठमाडौंका ५११, भक्तपुरका ६३ जना र ललितपुरका ७३ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
आज मात्रै ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म ४८ हजार ०६१ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा