कान्ति बाल अस्पतालमा गरिब तथा विपन्न बालबालिकाका लागि आकस्मिक सेवा नि:शुल्क
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा गरिब तथा विपन्न बालबालिकाका लागि प्रारम्भिक आकस्मिक उपचार सेवा निशुल्क हुने भएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै सरकारको निती तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामी बालबालिकाका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।
यस विषयमा कान्ति बाल अस्पतालमा निर्देशक डा कृष्ण पौडेलले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘हामीले कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपाएर ज्यान गुमाउने अवस्था नआओस भनेर यो सेवा शुरु गरेका छौं । आशा छ यसले धेरै बालबालिकालाई ठुलो राहत हुनेछ ।’
उनले यो सेवा हाल जन्मेदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको हकमा लागू हुने भए पनि यसलाई बढाएर १८ वर्षसमम बनाउने लक्ष्य रहेको जनाए । यसअघि केही दिन अघि मात्र राष्ट्रिय ट्रमा सेन्टरले पनि विपन्नका लागि आकस्मिक निशुल्क सेवा शुरु गरेको थियो
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य