Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमितले आयुर्वेद औषधि खान खोज्दा नदिएकोप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति

संक्रमितले आयुर्वेद औषधि खान खोज्दा नदिएकोप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितले आयुर्वेद औषधि खान खोज्दा पनि नदिएकोप्रति नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका संक्रमितले आयुर्वेद जडीवुटी औषधि खान खोज्दा पनि नदिएकोप्रति ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले संक्रमित स्वंयले आयुर्वेद औषधिको सेवन गर्छु भन्दा यसको सेवन गर्न नदिएको गुनासो आएको भन्दै यस्तो गर्नु व्यक्तिले औषधि सेवन एवं उपचार गर्न पाउने अधिकारको हनन भएको भन्दै यसप्रति गम्भीर आपत्ति रहेको र यसलाई तुरुन्त सुधार्न माग गरेका छन्।

आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘कोरोना संक्रमणमा परि देशका विभिन्न भागमा रहेका अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराई रहनु भएका व्यक्तिहरुले आयुर्वेद जडिबुटी औषधि खान चाहनु भएको तर बिबिध कारण देखाई उक्त जडिबुटी औषधिहरु खान नदिएको भन्ने गुनासो यस संघमा प्राप्त भएको छ ।विरामीले उपचार छनौट गर्न पाउने आधारभूत मानव अधिकार रक्षा गरि विरामीले चाहेको आयुर्वेद जडिबुटी औषधि आयुर्वेद चिकित्सकको रेखदेखमा खान पाउने व्यवस्था सुनिश्चित गरि उपचार पाउने संविधान प्रदत्त मौलिक हक र चाहेको उपचार लिन पाउने आधारभूत मानवअधिकारको रक्षा गर्न नेपाल सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हार्दिक अपिल गर्दछौ ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै