Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं :  काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा मात्रै ६७४ जना कोरोना संक्रमित फेला परेका छन।

आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ र ललितपुरका ६२ जना रहेका छन्। देशभर आज ११५४ जना संक्रमित भेटिंदा उपत्यकामा मात्रै ६७४ संक्रमित पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितको संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ भने ४२७ जनाको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार