गण्डकी प्रदेशमा थपिए ३९ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार आज ५ जिल्लामा गरी थप ३९ जनामा कोरोना देखिएको हो ।योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३४ सय ७८ पुगेको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ५ जना, तनहुँका १७ जना, बाग्लुङका १४ जना, स्याङ्जाका २ जना र गोरखाका १ जना रहेका छन्।
संक्रमितहरुमा बैंकमा कार्यरत र्कचारीदेखि स्वास्थ्यकर्मी एवं भारतबाट आएर क्वारेन्टाइनमा बसेकासम्म रहेका छन्। उनीहरुलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा