डा केसीको स्वास्थ्य अवस्था बिग्रेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो
उपचार लिन अस्विकार
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लाको एक मन्दिरमा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
सात दिनदेखि अनसनमा रहेका उनको स्वास्थ्य अवस्था खस्कँदै गएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनलाई अस्पताल पुराइएको हो । उता केसीले भने आफना मागहरु पूरा गर्न माग गरेका छन् र उनले आफूलाई जबरजस्ती अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उपचार लिन अस्विकार गर्दै आएका छन्।
डा केसीले चिकित्सा शिक्षामा सुधारका ६ बुँदै माग राख्दै १९ औँ अनसन सात दिन अघि जुम्लाबाट शुरु गरेका हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा