काठमाडौं उपत्यकामा ५ जनासहित थप ११ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ११ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । आज मृत्यु हुने संक्रमितहरुमा मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महिला सर्लाहीकी ५६ वर्षीया महिला, ललितपुरका २ महिला र एक जना पुरुष, काठमाडौंका एक महिला र एक पुरुष, मकवानपुरकी ३७ वर्षीया महिला, रुपन्देहीका एक पुरुष र बाँकेका ४५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल १२०४ जना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा