बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताल आजदेखि बन्द
हेल्थ टिभी अनलाइन \बाँके: बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल आजबाट बन्द भएको छ । वैशाख १९ गतेदेखि कोरोना संक्रमितको उपचारका लागि सञ्चालन भएको कोभिड आइसोलेसन वार्ड बन्द भएको अस्पतालका अध्यक्ष भक्त बहादुर केसीले जनाएका छन्।
आज अस्पतालमा रहेका २२ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै कोरोना अस्पतालको रुपमा शुरु गरिएको सेवा पनि बन्द गरिएको हो । यसअघि पनि कोरोना संक्रमितको सम्पूर्ण व्यवस्थापन भेरी अस्पतालले गरेको थियो । अब भने भेरी अस्पतालमै आइसोलेसन वार्ड बनाएपछि क्यान्सर अस्पतालको आइसोलेसन वार्डलाई बन्द गरिएको केसीले जनाए ।
क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचार हुन थालेपछि त्यस क्षेत्रका क्यान्सरका बिरामी मारमा पर्दै आएका थिए । छुट्टै भवनबाट क्यान्सरको उपचार सूचारु गरिएको भए पनि बिरामी कोरोनाको त्रासका कारण सेवा लिन आउन सकेका थिएनन्। यो बीचमा १९७ जना कोरोना संक्रमितले यहाँबाट सेवा लिएर संक्रमणमुक्त भएर डिस्चार्ज भएर गएको बताइएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त