Health TV Online
Health TV Online

बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताल आजदेखि बन्द

बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताल आजदेखि बन्द

हेल्थ टिभी अनलाइन \बाँके:  बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल आजबाट बन्द भएको छ । वैशाख १९ गतेदेखि कोरोना संक्रमितको उपचारका लागि सञ्चालन भएको कोभिड आइसोलेसन वार्ड बन्द भएको अस्पतालका अध्यक्ष भक्त बहादुर केसीले जनाएका छन्।

आज अस्पतालमा रहेका २२ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएसँगै कोरोना अस्पतालको रुपमा शुरु गरिएको सेवा पनि बन्द गरिएको हो ।  यसअघि पनि कोरोना संक्रमितको सम्पूर्ण व्यवस्थापन भेरी अस्पतालले गरेको थियो । अब भने भेरी अस्पतालमै आइसोलेसन वार्ड बनाएपछि क्यान्सर अस्पतालको आइसोलेसन वार्डलाई बन्द गरिएको केसीले जनाए ।

क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचार हुन थालेपछि त्यस क्षेत्रका क्यान्सरका बिरामी मारमा पर्दै आएका थिए । छुट्टै भवनबाट क्यान्सरको उपचार सूचारु गरिएको भए पनि बिरामी कोरोनाको त्रासका कारण सेवा लिन आउन सकेका थिएनन्। यो बीचमा १९७ जना कोरोना संक्रमितले यहाँबाट सेवा लिएर संक्रमणमुक्त भएर डिस्चार्ज भएर गएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार