Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वरिष्ठ आँखा रोग विशेषज्ञ डा रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री

वरिष्ठ आँखा रोग विशेषज्ञ डा रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले बरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुईतलाई नेपालको सबैभन्दा ठूलो मानपदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) बाट विभूषित गरेको छ ।

तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा रुइतले हजारौं नेपालीको आँखाको ज्योती फर्काएका छन्। ।  म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका उनलाई आँखा स्वास्थ्य सेवामा पुर्याएको योगदानका लागि उक्त पदवी प्रदान गरिएको हो ।

राष्ट्रको गौरव बढाउन विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुराउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । सरकारले यसपटक उनीसहित विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने ५९४ जनालाई विभिन्न पदवीले सम्मान गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि