काठमाडौं उपत्यकामा एकैदिन थपिए ८५९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज एकैदिन ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो एकैदिन उपत्यकामा देखिएको अहिलेसम्मकै उच्च संक्रमित संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ६९८ जना, भक्तपुरका ८२ जना, ललितपुरका ७९ जना रहेका छन्।
गत २४ घण्टामा देशभर २०२० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । यसैगरी हालसम्म ३९० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त