विज्ञ भन्छन्, यौन स्वास्थ्य सेवा जेष्ठ नागरिकलाई चाहिंंदैन भन्नु गलत
कल्पना आचार्य \काठमाडौं : सामान्यतया धेरैले यौन तथा प्रजनन स्वास्थ्य सेवा उमेर ढल्कँदै गएका जेष्ठ नागरिकलाई चाहिंदैन भनेर बुझ्ने गरेका छन्। जसका कारण उनीहरुलाई यो सेवामा सामेल नै गराइँदैन्। तर विज्ञहरुले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिनका लागि उमेर बाधक हुन नहुने बताएका छन्। ‘दशौँ एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेक्सुअल हेल्थ राइट्स’ को सातौँ भर्चुअल सेसनमा उनीहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा हेल्प एज इनटरनेशनलकी रिजनल प्रोगाम एडभाइजर क्याटलिन लिटलेटिनले जेष्ठ नागरिकको यौन स्वास्थ्यलाई लिएर समाजमा थुप्रै गलत धारणाहरु रहेको भन्दै त्यसलाई तोड्न जरुरी भएको बताइन्। उनका अनुसार सर्वसाधारणमा जेष्ठ नागरिकको यौन स्वास्थ्यलाई लिएर मुख्य ४ वटा गलत धारणा रहेका छन्।
पहिलो गलत धारणा जेष्ठ नागरिक यौन क्रियाकलाप गर्न सक्षम हुँदैनन् भन्ने रहेको छ । तर क्याटलिन भन्छिन् यौन स्वास्थ्य जीवनभर चाहिने स्वास्थ्य सेवा मध्ये एक हो । यो समाजले सोचेको गलत धराण मात्र हो । उनीहरु जुनसुकै उमेरमा पनि यौन क्रियाकलापमा सहभागी हुन सक्षम हुन्छन्। तर शारीरिक सक्रियता कत्ति छ भन्नेमा भर पर्छ ।
दोस्रो गलत धारणा उमेर ढल्किदै गएपछि यौन सम्पर्क राख्नुहुन्न भन्ने रहेको पाइएको छ । यो धारणा पनि समाजले आफै सोचेर बनाएको नियम भन्छिन् उनी । यौन सम्पर्क राख्नु हुन्न भन्ने स्वास्थ्यका विज्ञले भनेका हैनन् तर समाजका मानिसले यस्तो भनिरहँदा उनीहरु समाजका कारण यसमा सहभागी हुन सकिरहेका छैनन्। यो सबैतिर लाग्ने नियम हो भन्ने ठानेर यौन जीवनमा सहभागी हुँदैनन्।
तेस्रो गलत धारणा जेष्ठ नागरिकको आफै यौन क्रियाकलापमा रुचि हुँदैन भन्ने रहेको छ । यो धारणा पनि गलत भएको क्याटलिनको भनाई छ । उनीहरुको विचार कसैले नसुनिंदिंदा उनीहरु आफनो रुचि कसैलाई सुनाउँदैनन्। जसका कारण धेरैले यही बुझ्छन्।
चौंथो गलत धारणा भनेको बुढेसकालका मानिस यौन क्रियाकलापमा सहभागी हुने होइन भन्ने रहेको छ । उनले जेष्ठ नागरिकलाई लिएर धेरैले एउटै धारणा बनाउने गरेको र त्यसले उनीहरुलाई बाँधेर राख्ने गरेको बताइन्। तर वास्ताविकता यो भन्दा फरक भएको उनको भनाई छ ।
हरेक मानिसको चाहे त्यो किशोर अवस्थामा होस वा बुढेसकालमा उसको अन्य स्वास्थ्यको अधिकार जस्तै यौन स्वास्थ्यको पनि अधिकार हुने बताइन्। कार्यक्रममा अन्य विज्ञहरुले पनि जेष्ठ नागरिकको यौन स्वास्थ्यलाई ध्यानमा राखी कार्यक्रमहरु अघि सार्नुपर्नेमा जोड दिएका थिए ।




चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाइयो
जनावरको टोकाइबाट यसरी बच्नुस्, टोकिहाले अपनाउनुस् यी उपाय