गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले बिहानदेखि ३ वटा विज्ञप्ति निकालेर थप ५६ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ३३ सय ३६ पुगेको छ । गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको पनि निर्देशनालयले जनाएको छ । नवलपरासी देवचुलीका ३१ वर्षीय संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
आज संक्रमण पुष्टि हुनेहरु सबै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा