ट्रमा सेन्टरमा गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क
हेल्थ टिभी अनलाइन\ काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा गरिब तथा विपन्न वर्गका लागि आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क हुने भएको छ ।
सेन्टरले बिहिबारदेखि गरिब तथा उपचार खर्च तिर्न नसक्ने विपन्न बिरामीका लागि आकस्मिक स्वास्थ्य सेवाका लागि लाग्ने खर्च नि: शुल्क गरेको हो ।
ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले अस्पतालमा आकस्मिक स्वास्थ्य सेवाका लागि आउने जोकोही पनि गरिब तथा विपन्न भएमा उपचार खर्च नि: शुल्क हुने बताए । उनले ट्रमा सेन्टरमा शुरुदेखि नै यो सेवाको लागि पहल गरिरहेको भए पनि अब भने सम्भव भएको बताए । उनले यो सेवाबाट धेरै विपन्न परिवारलाई राहत हुने विश्वास लिएको जनाए ।
डा पौडेलले ट्रमा सेन्टर यसरी आकस्मिक सेवा नि: शुल्क दिने पहिलो अस्पताल भएको पनि दावी गरे ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा