‘स्वास्थ्यकर्मीको सम्मानमा आज ८ बजे घर घरमा दीप प्रज्वलन गरौँ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ८ बजे स्वास्थ्यकर्मीको सम्मानमा घर घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
विश्व बिरामी सुरक्षा दिवसको अवसर पारेर मन्त्रालयले कोरोना महामारीमा अग्रपङ्तीमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मान एवं संक्रमितको मनोबल बढाउनका लागि आ आफनो घरमा दीप प्रज्वलन गरिदिन आग्रह गरेको हो । यसैगरी कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ज्यान गुमाउन पुगेका सम्पूर्णलाई सम्झना गर्दै यो दीप प्रज्वलन गरिदिन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोखरेलले दोस्रो बिरामी सुरक्षा दिवसको अवसरमा आजै साँझ ७ बजे माइतीघरमा दीप प्रज्वलन गर्ने र कोरोनाबाट ज्यान गुमाउनेको सम्झनामा १ मिनेट मौन धारण गर्ने कार्यक्रम रहेको बताए । उनले बिरामी सुरक्षा दिवसको अवसरमा गर्न लागिएको यो कार्यक्रममा सबैले आ आफनो स्थानबाट दीप प्रज्वलन गरेर स्वास्थ्यकर्मीको हौसला बढाइदिन आग्रह गरे ।
विश्व बिरामी सुरक्षा दिवस विश्व स्वास्थ्य संगठनको आव्हानमा गत वर्षबाट मनाउन लागिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा