थप ४ जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, कैलालीकी ५७ वर्षीया महिला र चितवनकी ३६ वर्षीया महिलाको रहेका छन्। ३ महिला र १ पुरुष गरी ४ जनाको मृत्यु भएको हो ।
नेपालमा संक्रमित हुनेहरुबाट मृत्युदर जम्मा शून्य दशमलब ६४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा