पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना पुष्टि, १२४३ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२ सय ४६ जनामाा कोेरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ सय ४३ जना संक्रमित कोरोना जितेर निको भएका छन्। आज डिस्चार्ज भएकासहित गरी हालसम्म ४२ हजार ९४९जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिले देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा