गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न जिल्लामा गरी आज थप २८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३२ सय ६ पुगेको छ ।
निर्देशनालयले बिहान ७ :४५ बजे पहिलो विज्ञप्ति जारी गर्दै ४ जिल्लामा गरी २३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जनाएको थियो । त्यसैगरी ९ :१० बजे अर्को विज्ञप्ति जारी गर्दै थप ५ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो ।
उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको संक्रमित रहेको पनि निर्देशनालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा