अस्पतालको बेडबाट डा शशांकले भने, ‘चिन्ता गर्नु पर्दैन दुई तीन दिनमा डिस्चार्ज हुन्छु’
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमणपछि ओम अस्पतालको आइसोलेसन वार्डमा रहेका नेपाली काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आफू कोरोना संक्रमणपछि ओम अस्पतालमा आएको र दुई तीन दिनमा डिस्चार्ज हुने भन्दै सबैलाई चिन्ता नगर्न आग्रह गरेका छन्।
डा कोइरालाको बारेमा अनेक सूचना सामाजिक संजालमा आउन थालेपछि अस्पतालले आफनो फेसबुक पेजमार्फत उनको भिडियो सार्वजनिक गरेको हो ।
उनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका उनमा उच्च ज्वरो आएपछि मंगलबार साँझ ओम अस्पताल लगिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा