कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा आज दीप प्रज्वलन गरिँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्व बिरामी सुरक्षा दिवस । दिवसको अवसर पारेर सरकारले आज साँझ कोरोना संक्रमित र उनीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्ने भएको छ ।
‘सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ । यसपटक विश्वभरी नै कोरोना महामारी भएका बेला अझ बढी स्वास्थ्यकर्मी- बिरामीको सम्बन्ध प्रगाढ हुन जरुरी भएको भन्दै स्वास्थ्य मन्त्रालयले आज बेलुका ७ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने जनाएको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतमा उपचारात्मक महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले कोरोना महामारीमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीको सम्मान र यस संक्रमणसँग जुधिरहेकाहरुको मनोबल बढाउनका लागि सबैलाई आज साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। उनले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहको लागि १ मिनेट मौन धारण गरिने कार्यक्रम रहेको पनि जनाए ।
उनले स्वास्थ्यकर्मी सुरक्षित रहे मात्र बिरामी सुरक्षित रहने भन्दै यो दिवस बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीमा केन्द्रित रहेको बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण