नेपालमा अहिलेसम्मकै उच्च संक्रमणको रेकर्ड, २४ घण्टामा थपिए १५ सय ३९ संक्रमित
पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा अहिलेसम्मकै उच्च १५ सय ३९ जना संक्रमित एकैदिन देखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको हो । एकैदिन देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । यसैगरी गत २४ घण्टामा १ हजार ६८ जना कोरोना जितेर निको पनि भएका छन्। यो संख्यासँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभरमा विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज ८ जना संक्रमितको मृत्युभएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा