पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ दिनकी सुत्केरीमा कोरोना संक्रमण, प्रसूति वार्ड ३ दिन बन्द
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा लिन आएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालको प्रसूति सेवा ३ दिनका लागि बन्द गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका वडा नं १० निवासी २४ वर्षीया महिला भदौ २७ गते प्रसूतिका लागि प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएको र सोही दिन इमरजेन्सी शल्यक्रिया मार्फत बच्चा जन्मिएको थियो । कोरोना आशंकामा परीक्षण गर्दा आज कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको आजै कोरोना परीक्षणका लागि स्वाब लिइएको र रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा रहने साथै उक्त वार्ड र अपरेशन थियटर निर्मलीकरण गर्नुपर्ने भएकाले आजदेखि असोज १ बिहिबार सम्मका लागि इमरजेन्सी केस बाहेक अन्य प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक प्रा डा अर्जुन आचार्यले बताएका छन्।
प्रसूतिबाहेकका अन्य सेवा भने सूचारु रहेको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा