Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ दिनकी सुत्केरीमा कोरोना संक्रमण, प्रसूति वार्ड ३ दिन बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ दिनकी सुत्केरीमा कोरोना संक्रमण, प्रसूति वार्ड ३ दिन बन्द

हेल्थ टिभी अनलाइन \पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा लिन आएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालको प्रसूति सेवा ३ दिनका लागि बन्द गरिएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं १० निवासी २४ वर्षीया महिला भदौ २७ गते प्रसूतिका लागि प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएको र सोही दिन इमरजेन्सी शल्यक्रिया मार्फत बच्चा जन्मिएको थियो । कोरोना आशंकामा परीक्षण  गर्दा आज कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

उनको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको आजै कोरोना परीक्षणका लागि स्वाब लिइएको र रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा रहने साथै उक्त वार्ड र अपरेशन थियटर निर्मलीकरण गर्नुपर्ने भएकाले आजदेखि असोज १ बिहिबार सम्मका लागि इमरजेन्सी केस बाहेक अन्य प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक प्रा डा अर्जुन आचार्यले बताएका छन्।

प्रसूतिबाहेकका अन्य सेवा भने सूचारु रहेको अस्पतालले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि