४ महिलासहित थप ११ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ४ जनासहित ११ जनाको मृत्यु भएको हो । यसरी कोरोनाबाट ज्यान गुमाउनेहरुमा सर्लाहीका ६४ वर्षीय पुरुष, सिराहाका ३५ वर्षीया महिला, बाराकी ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, कपिलवस्तुका ५८ वर्षीय पुरुष र रुपन्देहीकी ६४ वर्षीया महिला रहेका छन्।
यसैगरी काठमाडौंका ८६ वर्षीया महिला र ३ पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । यसरी आज ४ जना महिला र ७ जना पुरुष गरी ११ जनाको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा