एकैदिन थपिए १४ सय ५९ जना कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप १४ सय ५९ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । गत २४ घण्टामा १ हजार ६२ जना संक्रमित कोरोना जितेर निको भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी हाल कोरोनाको आशंकामा ७ हजार २५० जना देशभरका विभिन्न जिल्लाका क्वारेन्टइनमा बसेका छन्।
यसैगरी हाल नेपालमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त