लक्षण देखिए मात्रै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने भन्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले आइतबार मात्रै एक निर्णय गर्दै लक्षण देखिएका चिकित्सक एवं स्वास्थ्यकर्मीको मात्रै कोरोनाको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरोध गर्दै नेपाल चिकित्सक संघले आज विज्ञप्ति निकालेको छ।
संघले कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गइरहेको र अग्रपङ्तिमा रहेर स्वास्थ्य सेवा दिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भई अस्पताल भर्ना हुने क्रम बढिरहेका बेला लक्षण देखिए मात्र कोरोना परीक्षण गर्छौ भन्नु गैर जिम्मेवारी र गैर मानवीय भएको जनाएको छ ।
यस्तो महामारीमा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउनुको सट्टा उल्टो हतोत्साही हुने निर्णय गरेको भन्दै यो निर्णय तुरुन्त फिर्ता लिन पनि संघले मन्त्रालयलाई आग्रह गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा सरकारले यो बेला जोखिममा रहेका सबैको निशर्त पीसीआर परीक्षण गर्नुपर्नेमा अझै उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई पनि लक्षण देखिएमा मात्र परीक्षण गर्ने मापदण्ड बनाउनु दुखद भएको उल्लेख छ ।
संघले मन्त्रालयले गरेको यो गैरमानवीय निर्णय अबिलम्ब फिर्ता लिन माग रहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण