बाँकेमा थप २ जनाले गरे ‘प्लाज्मा दान’
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा प्लाज्मा थेरापीका लागि कोरोना संक्रमणमुक्त भएका थप २ जनाले ‘प्लाज्मा दान’ गरेका छन्। भेरी अस्पतालमा रहेको रक्तसंचार केन्द्रमा उनीहरुले प्लाज्मा दान गरेका हुन्।
खजुरा गाउँपालिका- ४ का ३२ बर्षीय सञ्चारकर्मी खगेन्द्र दाहाल र नेपालगन्ज- ११ का ४० बर्षीय सन्तोष पाठकले प्लाज्मा दिएका हुन्। दाहालले आफू संक्रमणमुक्त भएको २४ दिनपछि र पाठकले संक्रमणमुक्त भएको ३६ दिनपछि प्लाज्मा दिएका हुन्।
भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधिबाट उपचार गर्दा एक जना सिकिस्त भएका संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्।
बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त भएका सात जनाले प्लाज्मा दान गरिसकेको भेरी अस्पतालका सिनियर अहेब होमनाथ सुवेदीले बताए । दान गरिएको रगतबाट प्लाज्मा निकालेर राख्ने र सिकिस्त बिरामीलाई दिइने पनि उनले जानकारी गराए ।
सिकिस्त भएका कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी उपयोगी हुने विज्ञहरुको राय बमोजिम यो उपचार विधि नेपालमा पनि शुरु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण