निजी अस्पताल तथा प्रयोगशालाले भने, २ हजार रुपैयाँमा पीसीआर गर्न सक्दैनौंँ
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोनाको पीसीआर परीक्षण मूल्य घटाएर २ हजार रुपैयाँ बनाए पनि निजी अस्पताल तथा प्रयोगशालाले यो नियम मान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र बुझाएका छन्।
उनीहरुले आज मन्त्रालयका सचिव लक्ष्मण अर्यालललाई भेटी आफूहरुले २ हजारमा कोरोनाको पीसीआर परीक्षण गर्न नसक्ने भन्दै पत्र बुझाएका हुन्। काठमाडौंमा रहेका सबै निजी अस्पताल तथा प्रयोगशालाका प्रतिनिधी गएर यो निर्णय फिर्ता लिन आग्रह गरे ।
उनीहरुले परीक्षणका लागि चाहिने किट, पीपीई लगायतका अन्य सामग्रीको लागत मूल्य नै २ हजार भन्दा बढी पर्न आउने भएकाले पीसीआर परीक्षण अहिलेको अवस्थामा २ हजार रुपैयाँमा गर्न असम्भव भएको बताएका छन्। ।
निजी अस्पताल तथा प्रयोगशालाले शुरुका दिनदेखि सरकारलाई सहयोग गर्दै आएको भए पनि अहिले आएर सरकारले निजी अस्पताल तथा प्रयोगशालालाई डुबाउने गरी कुनै सल्लाह नै नगरी २ हजार रुपैयाँमा परीक्षण गर भन्नु न्यायपूर्ण नभएको उनीहरुको भनाई छ । उनीहरुले सरकारले पहिलोपटक ५ ,५०० रुपैयाँबाट घटाएर ४ हजार ४ सय बनाउँदा आफूहरु केही नबोलेको भए पनि अहिले लागत खर्च नै नउठ्ने भएपछि बाध्य भएर मन्त्रालय आउन परेको उनीहरुको भनाई थियो ।
उनीहरुले स्वास्थ्य सचिव अर्याल समक्ष पीसीआर परीक्षणको शुल्क ४ ,४०० रुपैयाँ नै कायम राख्न अनुरोध गरेका छन्।
स्वास्थ्य मन्त्रालयले भदौ २८ गतेदेखि लागू हुने गरी सबै अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न \गराउन निर्णय गरेको थियो । आज मन्त्रालयमा पीसीआर परीक्षण अनुमति पाएका काठमाडौं उपत्यकाका मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, स्टार अस्पताल, बी एण्ड बी अस्पताल, विद ल्याब, सीडीएल ल्याब लगायतका सबै प्रयोगशालाका प्रतिनिधी उपस्थित थिए । केएमसी अस्पताल मात्र यो हस्ताक्षर अभियनामा सहभागी भएको थिएन ।
सरकारले कोरोना महामारी शुरु भएको धेरै समयसम्म निजी अस्पताल तथा प्रयोगशालालाई शुरुमा कोरोना परीक्षणको अनुमति नै दिएको थिएन । पछि सरकारी अस्पताल तथा प्रयोगशालाले मात्र परीक्षण गरेर नभ्याउने भएपछि बाध्य भएर निजीलाई पनि अनुमति दिएको थियो । सरकारी प्रक्रिया झन्झटिलो हुने र रिपोर्ट पनि ढिला आउने कारणले यतिबेला धेरैको रोजाइमा निजी प्रयोगशाला नै पर्ने गरेका छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य